ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

संरक्षित पूँजी फिर्ता कोषबाट एउटै सदस्यले पाए साढे ५६ लाख

२०७९ असार, ३  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । राष्ट्रिय सहकारी बैंकका एउटै सदस्यले संरक्षित पूँजी फिर्ता कोषबाट साढे ५६ लाख रुपैयाँसम्म पाएका छन् । बुधवार बैंकले संरक्षित पूँजी फिर्ता कोषबाट रकमको बाँडफाँट कार्य गरेको थियो । सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप बैंकले सदस्य संघ/संस्थाले जम्मा गरेको बचत रकमका लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा कुल १७ करोड ७१ लाख ७४ हजार २ सय १९ रुपैयाँ ५७ पैसा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँट गरेको हो । संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त हुने रकम सम्बन्धित सदस्य सहकारी संघ/संस्थाको खातामा जम्मा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताए ।

उनका अनुसार बचत र कर्जा कारोबार गर्ने १३ हजार ७१२ सहकारी संघ/संस्थाहरू संरक्षित पूँजी फिर्ता कोषबाट लाभान्वित भएका छन् । बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचततर्फ ५६ लाख ५२ हजार र कर्जातर्फ १३ लाख ७८ हजारसम्म पाएको प्रमुख कार्यकारी अधिकृत गुरागाईंले बताए । संरक्षित पूँजी फिर्ता कोषबाट ५० हजारभन्दा बढी रकम प्राप्त गर्ने सहकारी संघ/संस्था ६९९ छन् । हाल बैंकमा करीब १५ हजारभन्दा बढी सदस्य सहकारी संघ/संस्था छन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x