ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सेञ्चुरी कमर्शियल बैंक र अलफ्ट काठमाडौंबीच सम्झौता

२०७९ असार, ३  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सेञ्चुरी कमर्शियल बैंक र अलफ्ट काठमाडौंबीच सम्झौता गरिएको छ । बैंकका ग्राहकले काठमाडौंको ठमेलस्थित उक्त होटलका विभिन्न सेवा सुविधामा १० प्रतिशतसम्म छूट पाउनेगरी सम्झौता गरिएको हो । छूट लिन ग्राहकले बैंकको डेबिट कार्ड र क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ ।

त्यस्तै बैकका कर्मचारीले सो होटलमा नूक, डब्ल्यूएक्सवाईजेड र रिफ्युल रेष्टुरेन्टमा १० प्रतिशत छूट पाउने सम्झौतामा उल्लेख छ । सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र अलफ्ट काठमाडौंका बजार प्रमुख पवन राजभण्डारीले हस्ताक्षर गरेका छन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x