काठमाडौं (अस) । शिखर शुजले नयाँ मोडलका स्पोर्ट जुत्ता बजारमा ल्याएको छ । कोरोना महामारीका कारण सुस्ताएको बजार विस्तारै सहज बन्दै गएकाले नयाँ मोडलका जुत्ता बजारमा ल्याएको कम्पनीले बताएको छ । एकैपटक ४० भन्दा बढी मोडलका जुत्ता बजारमा ल्याइएको कम्पनीको भनाइ छ । महिला, वृद्धवृद्धा, युवा लगायत सबैको मागलाई ध्यानमा राख्दै बजारमा ल्याइएका स्पोर्टस् शुज हलुका र लचकदार रहेको कम्पनीले बताएको छ । यी जुत्ता सुपथ मूल्यमा पाइने दाबी गरिएको छ ।