ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मेटलाइफका अधिकारीद्वारा नेपाल भ्रमण

२०७९ असार, ३  
बजार
Image Not Found

काठमाडौं (अस) । मेटलाइफका वरिष्ठ उपाध्यक्ष सहितका अधिकारीहरूले नेपाल भ्रमण गरेका छन् । मेटलाइफका वरिष्ठ उपाध्यक्ष तथा बंगलादेश, मलेसिया, नेपाल र भियतनामका प्रमुख एलेना बुटारोभा लगायतको टोलीले नेपाल भ्रमण गरेको हो । टोलीमा मेटलाइफको एजेन्सी एसिया वितरणका उपाध्यक्ष मारवन माटर समेत सहभागी थिए ।

पाँचदिने भ्रमणको क्रममा उनीहरूले मेटलाइफ नेपालको मुख्य कार्यालयको भ्रमण गर्दै कम्पनीका सबै प्रमुख सरोकारवालाहरूसँग अन्तरक्रिया गरेका थिए । बीमा उद्योगमा २० वर्षभन्दा बढीको अनुभव भएकी बुटारोभा बंगलादेश, मलेसिया, नेपाल र भियतनाममा मेटलाइफको प्रमुख जिम्मेवारीमा छिन् । आफ्नो प्राथमिकतामा डिजिटलाइज्ड व्यापारिक प्लेटफर्मको विकास, क्षेत्रीय क्षमतामा सहकार्य र सहलगानी बढाएर एशियाका बजारमा व्यवसाय वृद्धि गर्नु रहेको उनले बताइन् । ग्रामीण समुदायको उत्थानका लागि लघुबीमा क्षेत्रलाई विस्तार गर्नुपर्नेमा उनले जोड दिइन् ।

त्यस्तै यूरोप, अफ्रिका र एशियामा एजेन्सी वितरणको अनुभव लिएका माटरले विभिन्न एजेन्सी कार्यालयको पनि भ्रमण गरेका थिए । उनले एजेन्सी कार्यकारी, युनिट प्रबन्धक र फिल्ड प्रतिनिधिहरूलाई वितरण नेटवर्क प्रभावकारी हुनुपर्ने बताए ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x