काठमाडौं (अस) । नेपालमा गत आर्थिक वर्षमा मात्र रू. ३५ करोड बराबरको पर्दा आयात भएको छ । आर्थिक वर्ष २००८/०९ मा यसको आयात करीब १ करोड रुपैयाँमा सीमित थियो । नेपालमा रेमिट्यान्सजन्य समृद्धिले घरायसी सजावटका क्षेत्रको माग बढ्दै गएको र स्वदेशमा पर्दा उद्योग स्थापना हुन नसकेको अवस्थामा आयात बढ्दै गएको हो । यस पक्षलाई दृष्टिगत गर्दै नेपालले पर्दामा आत्मनिर्भर हुन आवश्यक नीति अंगीकार गर्नु आवश्यक देखिन्छ ।