ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

३ लाख ३३ हजार कित्ता संस्थापक शेयर विक्री गर्दै लक्ष्मी बैंक

२०७९ असार, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ३, काठमाडौं । लक्ष्मी बैंकले ३ लाख ३३ हजार २०० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । 

बैंकले शुक्रवार सूचना जारी गर्दै उक्त शेयर विक्री गर्ने जानकारी दिएको हो ।  

कम्पनीले उक्त शेयर खरीद गर्नका लागि पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकाले इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको प्रधान कार्यालय, हात्तीसार, काठमाडौंमा निवेदन दिन भनेको छ ।

सो अवधिमा संस्थापक शेयरधनीको निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिलाई विक्री गर्ने प्रक्रिया अगाडि बढाउने पनि बैंकले बताएको छ ।

संस्थापक शेयर विक्रीको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् :

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x