असार ३, काठमाडौं । एनआईबिएल एस क्यापिटलको व्यवस्थापनमा एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्डको इकाई कारोबार हुने दिन परिवर्तन भएको छ ।
यसअघि सोमवारदेखि शुक्रवारसम्म कारोबार हुँदै आएको उक्त इकाई असार १ गतेदेखि आइतवारदेखि शुक्रवारसम्म कारोबार हुने भएको हो ।
नेपाल सरकारले असार १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय खारेज गरेसँगै यस योजनाको इकाई कारोबार हुने दिन परिवर्तन भएको हो ।
यो इकाई आइतवारदेखि बिहीवारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र शुक्रवार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कारोबार गर्न सकिने व्यवस्था छ ।
शनिवार तथा अन्य सार्वजनिक बिदाका दिन कार्यालय काउन्टर बन्द रहने जानकारी समेत कोष व्यवस्थापक एनआईबिएल एस क्यापिटलले दिएको छ ।
इकाई कारोबार हुने दिन परिवर्तनको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् :