असार ३, काठमाडौं । साताको अन्तिम दिन स्थानिय बजारमा सुनको मूल्य ५०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १ हजार २७५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८४६ दशमलव ७४ डलर पुगेको छ ।
त्यसैगरी, यो दिन अमेरीकी डलरको मूल्य पनि बढेको छ । आज १ अमेरिकी डलरको विक्रिदर १२५.२२ रुपैयाँ रहेको छ । अघिल्लो दिन १ अमेरिकी डलर विक्रिदर १२५.२१ रुपैयाँ रहेको थियो ।