ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

माथिल्लो तामाकोशीको जलाशय खाली गरिँदै, नदी किनारमा नजान सर्वसाधारणलाई आग्रह

२०७९ असार, ३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असार ३, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजनाको जलाशय खाली गर्ने भएको छ । 

जलाशय खाली गर्दा नदिमा पानीको बहाब बढ्ने हुँदा उक्त दिन नदी किनारमा नजान आयोजनाले आग्रह गरेको हो ।

असार ५ गते आइतवारका दिन बिहान ६ बजेदेखि बेलुका ४ बजेसम्म नदी किनारमा गरिने कुनै पनि काम नगर्न र मृत्यू संस्कारका कामहरू पनि अत्यन्तै सावधानीका साथ गर्न आयोजनाले आग्रह गरेको छ ।

आयोजनाले नदिमा पौडी खेल्न, माछा मार्न, नुहाउन, लुगा धुन, गिटीबालुवा निकाल्ने लगायतका काम नगर्न अनुरोध गरेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x