असार ३, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार २ हजार २३४ पीसीआर परीक्षणमा २४ जना र १ हजार ३७६ एन्टिजेन परीक्षणमा १० जना गरी कुल ३४ जनामा भाइरसको संक्रमण देखिएको हो ।
त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १०४ जना पुगेको छ ।
यसैगरी, शुक्रवार १५ जना निको भएसँगै हालसम्म ९ लाख ६७ हजार २७७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।