असार ३, काठमाडौं । समृद्धि फाइनान्सले मुद्दति निक्षेपको योजना अन्तर्गत ७२ महीनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ ।
यसका साथ साथै फाइनान्सले १० वर्षमा तेब्बर, १५ वर्षमा पाँच गुणा र २० वर्षमा आठ गुणा हुने निक्षेप योजना पनि सार्वजनिक गरेको छ । न्यूनतम रू. ५० हजारदेखि नै खाता खोल्न सकिने कम्पनीको पाँचओटै शाखाबाट यो सेवा लिन सकिने कम्पनीका व्यवसाय प्रवर्द्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् ।
फाइनान्सले मुद्दति निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधिकतम १० प्रतिशत ब्याजदर सहितका विभिन्न बचत खाताहरु समेत सञ्चालनमा ल्याएको छ ।
फाइनान्सले हाल ५ ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको छ । आगामी दिनमा जनकपुर, इटहरी र बनेपामा पनि शाखा विस्तारको तयारी कम्पनीले गरेको छ ।