ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

‘नेपाल चेम्बर एक्स्पो २०२२’ को रौनक (फोटो फिचर)

२०७९ असार, ३  
विविध
Image Not Found
author avatar सुनिल शर्मा

‘नेपाल चेम्बर एक्स्पो २०२२’ को पाँचौ संस्करण काठमाडौंको भृकुटी मण्डपमा चलिरहेको छ । असार २ गते बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा उद्घाटन भएको एक्स्पो असार ६ गतेसम्म चल्नेछ ।

नेपाल चेम्बर अफ कमर्शद्वारा वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवर्द्वन केन्द्रको सहकार्यमा तथा बंगलादेश एक्स्पोको पार्टनर कन्ट्रीको रुपमा रहेको छ ।  नेपाल, भारत, पाकिस्तान, चीन लगायत अन्य राष्ट्रका उद्योगी व्यवसायीसमेत गरि १५० भन्दा बढी स्टलहरु रहेका छन ।

मेलामा ललितपुरको काष्ठकला देखि भोजपुरको खुकुरीलगायत घरेलु तथा स्वदेशी उत्पादनका साथै कृषि एवं जडीवुटीजन्य वस्तुहरु, छालाजन्य वस्तुहरु, खाद्य तथा दुग्धजन्य सामग्रीहरु, गार्मेन्ट्स एवं टेक्स्टायलहरु प्रर्दशनीमा राखिएको छ । 

फोटो : सुनिल शर्मा /आर्थिक अभियान

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x