ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

कर्जा तिर्न नसक्दा नेपाल बैंकले निकाल्यो फूलबारी रिसोर्ट लिलामी गर्ने सूचना

२०७९ असार, ४  
समाचार
Image Not Found
फाइल फोटो
author avatar अभियान संवाददाता

असार ४, काठमाडौं । नेपाल बैंकले अन्तत : पोखराको पाँचतारे डिलक्स होटल फूलबारी रिसोर्ट लिलामी गर्ने भएको छ।

नेपाल बैंकले शुक्रवार सार्वजनिक सूचना प्रकाशित गर्दै आगामी साउन ४ गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्न भनेको छ ।

उक्त रिसोर्टले २०५५ मा करीब १ अर्ब ३१ करोड रुपैयाँ कर्जा लिएको थियो। हाल त्यसको साँवा/ ब्याजसहित करीब १८/ २० अर्ब पुगिसकेको छ। अहिले होटलसँग रहेको सम्पत्तिले पनि यस्तो कर्जा चुक्त्ता गर्न अवस्था नरहेको बैंकको भनाइ छ।

बैंकले शुक्रवार मात्रै जग्गाजमीन र रिसोर्ट भवनलगायतको सम्पत्ति लिलाम गर्न सूचना प्रकाशित गरेको छ। पोखरा महानगरपालिका–१५ मा रहेको होटल तथा होटलले चर्चेको १२४ रोपनी जग्गा, सञ्चालक पीयुष बहादुर अमात्यको नाममा रहेको ६ रोपनी र गंगा अमात्यको नाममा रहेको ७ रोपनी ७ आना जग्गा लिलामी गरेर ऋण असुली गर्ने बैंकले तयारी गरेको छ।

राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषले रिसोर्टमा १ अर्ब ३१ करोड रूपैयाँ ऋण लगानी गरेका थिए। नेपाल बैंकले ६५ करोड र राष्ट्रिय वाणिज्य बैंकले ३५ करोड रुपैयाँको ऋण लगानी थियो भने बाँकी रकम सञ्चय कोषबाट जुटाइएको थियो। ४०० रोपनी जग्गामा फैलिएको रिसोर्टमा १६५ कोठा छन्। 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

DATTEY

[Jun 18, 2022 04:20am]

सरकारले यसलाई बचाउनु पर्यो , ब्याज माफ गरेर वा यथाबत राखी जे सुकै होस्



   

Nepali PatroRiddhi Siddhi Cement
x