ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

उपेक्षित छन् काठमाडौं उपत्यकाका पोखरीहरु [फोटोफिचर]

२०७९ असार, ४  
फोटो फिचर
Image Not Found
कमल पोखरी
author avatar अभियान संवाददाता

असार ४, काठमाडौं । देशको संघीय राजधानी हो, काठमाडौं । आधुनिक समाजको उच्च वर्ग बस्ने शिक्षित नागरिकहरुको शहर पनि हो, काठमाडौं । भनिन्छ, शिक्षित समाज र शिक्षित व्यक्तिले नैतिकताको विकास गर्छ । काठमाडौं शहरमा बस्ने अधिकांश मानिस शिक्षित छन् । तर आफ्नो शिक्षालाई व्यवहारिक बनाउने कसरी ? र कहिले र ? यो प्रश्न सधैं नै हुँदै आइरहेको छ ।

शहरमा शिक्षित मानिसको बसोबास रहेपनि नैतिकता भने कै देखिन्छ । शिक्षित मानिस बसोबास गर्ने क्षेत्रमा नै सबैभन्दा बढी फोहोर र अव्यवस्थित देखिन्छ । जनचेतना भएर पनि प्रयोगात्मकरुपमा कमजोर छन्, शिक्षित शहरका मानिसहरु । यो हेर्न र प्रमाणित गर्न अन्त जानै पर्दैन, काठमाडौं उपत्यकामा रहेका केही पोखरीहरुको कन्तबिजोकले नै यो कुरा स्वतः प्रमाणित गर्छ । 

मल्लकालीन सभ्यता र कलाको नगरीकारुपमा परिचित काठमाडौं पहिचन बोकेको शहर हो । तर आज काठमाडौंको पहिचान, सुन्दर, हराभरा, व्यवस्थितको ठिक विपरित् छ भन्दा फरक पर्दैन । करोडौं खर्च गरेर सिंगारिएको काठमाडौंको कमल पोखरी होस् वा राज्यस्तरबाट बेवास्तामा परेको चापागाँउको पल्स्वा पुखु, यी सबैको अवस्था उस्तै छ ।

खानेपानीको समेत हाहाकार रहेको काठमाडौंका पोखरीका पानी फोहोर हुनुलाई स्वभाविक नै मान्न सकिएला तर पोखरीमा तैरिरहेका बोतल, प्लाष्टिक र कागजका टुक्राहरु अनि जीर्ण भइसकेको पोखरीको पुनर्निर्माण नहुनुले यो भव्य शहरका नागरिकहरुलाई गिज्याइरहेको स्पष्ट हुन्छ । पोखरी वरपर उत्तिकै झारपात उम्रेका छन् । कतिपय पोखरीको पर्खाल भत्केको छ अनि माटोको थुप्रोमा फोहोर डंगुर देख्न सकिन्छ ।समय समयमा सरसफाई नभएका पनि होइनन् । पुनर्निर्माणका काम पनि  भएका छन् तर यसले निरन्तरता पाउन सकेका छैनन् । हुन त राजधानीका केही पोखरीमा लुगाधुने नुहाउने मात्रै होइन पौडी पनि खेलिन्छ । यस्तै खाले क्रियाकलापले पनि पोखरीहरु दुषित भइरहेका छन् ।

अब वातावरणीय समस्याहरू कम गर्न सम्पूर्ण आम सरोकारवालाहरू पनि जागरुक हुनुपर्छ । प्रदुषित वातावरणले मानव स्वास्थ्य मात्र नभई सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रलाई नराम्रो असर पार्दछ । त्यसैले संविधानले नै दिएको स्वच्छ वातावरणमा बाँच्न पाउने हकका लागि सम्बन्धित सबैको ध्यान केन्द्रित हुनुपर्छ ।
 

हाम्रो सभ्यता, संस्कृति, पहिचान, कला जोगाउन नसके हामीले देशकै पहिचान जोगाउन सक्दैनौं । यसअर्थ पनि  इतिहास बोकेका संरचना बचाउँदै, भत्केका र जीर्ण रहेका तालतलैया, पोखरीको मर्मतसम्भार गरेर आफ्नो पहिचान र शिक्षित वर्गको परिचय हामी शहरीवासीले नै दिनुपर्छ ।

भौतिक सुविधा तथा सेवाको उपलब्धताले मानव बसोबासको व्यापक दबाबमा परेको शहरी क्षेत्रको व्यवस्थित शहरीकरण गर्नुपर्ने आवश्यकता नेपालजस्ता विकासोन्मुख मुलुकमा छ । साथै शहरी क्षेत्रमा नैतिकताको जनचेतना जगाउनु पर्ने देखिन्छ ।

कमलपोखरी चापागाउँ

खिचापोखरी,  हरिसिद्धी

गुइत पोखरी,  पाटन

नागद दह, धापाखेल

बुधपोखरी, ठेचो

भक्तपुरको भाज्या पुखु

भक्तपुरको मध्यपुर गार्चामा रहेको स्वगां पुखु 

भक्तपुरको मध्यपुर गार्चामा रहेको स्वगां पुखु 

भक्तपुरको मध्यपुर गार्चामा रहेको स्वगां पुखु 

सप्तपाल पोखरी, लगनखेल

हरिसिद्धि पोखरी, हरिसिद्धि

तस्वीरहरु : न्यूज एजेन्सी  नेपाल

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x