ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

‘जलविद्युतको शक्ति : सेतो सुन’ विषयक कार्यशाला गोष्ठी आयोजना हुँदै, ऊर्जामन्त्रीले उद्घाटन गर्ने

२०७९ असार, ४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आगामी असार दोस्रो साता  ‘जलविद्युतको शक्ति : सेतो सुन’ विषयक कार्यशाला गोष्ठी हुने भएको छ ।

नेपाल इन्स्योरेन्स सर्भेयर एशोसिएशन (निसा) ले असार १२ गते आइतवार राजधानी काठमाडौंमा आयोजना गर्ने गोष्ठीमा जलविद्युत् क्षेत्रसँग सम्बन्धित उद्यमी, लगानीकर्ता, बैंकर, बीमक, विवाद मध्यस्थकर्ता, बीमा नियमनकारी निकाय, क्षति मूल्याङ्कनकर्तालगायतसँग विस्तृत छलफल र अन्तरक्रिया हुने एशोसिएशनले बताएको छ ।

नेपालको अर्थतन्त्र तथा समष्टि विकासको लागि जलविद्युतले गर्न सक्ने योगदानलाई ध्यानमा राख्दै कार्यशाला गोष्ठी आयोजना गर्न लागिएको एशोसिएशनका अध्यक्ष मोहनपुरुष ढकालले बताए।

 जलविद्युत क्षेत्रसँग सम्बन्धित लगानी गर्न चाहने उद्यमी, लगानीकर्ता तथा बैंकरहरु,  लगानीको जोखिमलाई हस्तान्तरण गर्न चाहने र सो जोखिम रक्षावरण गर्न चाहने बीमक तथा पूर्नबीमक, भवितव्य भइ क्षति भएमा क्षतिको मूल्याङ्कन गर्ने क्षति मूल्याङ्कनकर्ता, बीमा उद्योगमा कुनै विवाद उत्पन्न भएमा विवाद समाधान गर्ने मध्यस्थकर्ता, लगानीकर्ताहरुको लगानी सुरक्षालाई बीमा क्षेत्रमा नियमन गर्ने नियामनकारी निकायबीचको  विवाद निदान गर्न तथा सम्बन्धित निकायलाई उपयुक्त नीति निर्माण गर्न गोष्ठीले मद्धत पुर्‍याउने उनले बताए ।

कार्यक्रममा जलविद्युत लगानीकर्ता, विकासकर्ता, विशेषज्ञ तथा इन्जिनीयर, निर्माण व्यवसायी, बैंकर, बीमा तथा पुनर्बीमा विज्ञ तथा कर्मचारीहरु, क्षति मूल्याङ्कनकर्ता, विवाद मध्यस्थकर्ता, बीमा नियमनकारी निकाय, विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीलगायतको सहभागिता हुने आयोजकले बताएको छ ।
जलविद्युत् तथा उर्जा विकासकर्ताहरुलाई लक्षित गरी सो क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुलाई एकै स्थानमा राखि आ–आफ्नो ज्ञान आदान प्रदान तथा बृहत छलफल र प्रस्तुति हुने आयोजकले बताएको छ ।

पछिल्लो समय जलविद्युतको बीमाको विषयलाई लिएर समस्याहरु देखा परिरहेको सन्दर्भमा सर्भेयर एशोसिएशनले सरोकारवाला पक्षसँग एक दिने छलफल तथा अन्तरक्रिया गर्न थालेको हो । गोष्ठीको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले कार्यशाला गोष्ठीको उद्घाटन गर्ने कार्यक्रम छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x