ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

ट्रक कब्जा गरेर किसानले मल खोसेपछि....

२०७९ असार, ४  
समाचार
Image Not Found
तस्वीर स्रोत : समाजिक सञ्जाल
author avatar अभियान संवाददाता

असार ४, काठमाडौं । किसानले रासायनिक मल बोकेर काठमाडौंतर्फ आउँदै गरेको दुई ओटा ट्रक कब्जा लिएर मल खोसेका छन् ।

मल बोकेको ट्रकलाई धादिङको धार्केस्थित राजमार्गछेउमा कब्जा गरेर किसानले मल झिकेर लगेको प्रत्यक्षदर्शीले बताएका छन् । मल बोकेर आएको ट्रकलाई राजस्व अनुसन्धान विभागले शुक्रवार राति धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि सशस्त्र प्रहरीको बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेका बेला किसानहरुले ट्रक रोकेर मल खोसेको बताइएको छ ।

एउटा १० चक्के ट्रकमा २१ टन मल र अर्को १० चक्के ट्रकमा १५० बोरा मल ल्याइएको बताइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक एउटा भाइरल भिडियोमा सशस्त्र प्रहरीले ट्रकबाट मल झिक्दै गरेको अवस्थामा एकजना महिलामाथि बन्दुकको कुन्दाले हिर्काइरहेको देखिएको छ ।

 ट्रकबाट किसानहरूले मल झिक्न थालेपछि प्रहरीले भीडलाई तितरवितर गर्न लाठी प्रहारसमेत गरेको भाइरल भिडियोमा देखिन्छ ।

 स्थानीयले  करीब ४०० बोरा मल लुटेको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक अपूर्ण ढुंगानाले सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् । उक्त रासायनिक मलको स्वामित्व तथा आधिकारिकताका बारेमा भने हालसम्म केहि खुलेको छैन ।

खेती गर्ने समय नजिकिंदै गर्दा सरकारले रासायनिक मल ल्याउन नसकेको भन्दै सडकदेखि सदनसम्म आलोचना भइरहेको अवस्थामा किसानले मल कब्जामा लिएको यस घटनालाई सामाजिक सञ्जालमा सकारात्मक कदम भएको भनी टिप्पणी गरिएको छ ।

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x