ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत चयन     

२०७९ असार, ४  
गण्डकी प्रदेश
Image Not Found

असार ४, गलकोट(बागलुङ) । बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत चयन भएका छन् ।  

निर्वाचन अधिकृत भूमिश्वर गौतमका अनुसार संघको अध्यक्षमा कँडेल सर्वसम्मत चयन भएको बताए। संघको नयाँ नेतृत्वका लागि शनिवार मतदान हुने पूर्व निर्धारित कार्यक्रम थियो । मतदानअघि नै प्रतिस्पर्धी निर्माणकुमार श्रेष्ठलाई हटाएर कँडेललाई सर्वसम्मत अध्यक्ष चयन गरिएको छ ।

दुवै उम्मेदवार नेपाली कांग्रेस सर्मथक व्यवसायी हुन् । उक्त पार्टीले सर्वसम्मत कँडेललाई बनाउन समन्वय गरेपछि निर्माणकुमार श्रेष्ठ पछाडि हटेका हुन्।  बागलुङ उद्योग वाणिज्य संघको संस्थागत विकास गरी आम उद्योगी र व्यवसायीको हितमा आफूले काम गर्ने अध्यक्ष कँडेलले बताए ।

उनले सबैलाई समेटेर उद्योगी व्यवसायीको हितमा लाग्ने पनि बताए । कँडेल पूर्वउपाध्यक्ष र निर्वतमान महासचिवसमेत हुन् । संघको उद्योग सदस्यतर्फ निलेश राजभण्डारी र ऋषिराम गौतम पनि सर्वसम्मत चयन भएका छन् ।     
     
संघकोे खुलातर्फको १४ सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । खुला सदस्यमा उम्मेदवारी दिएका राजेश भारीले उम्मेदवारी फिर्ता लिएपछि खुला सदस्य निर्विरोध निर्वाचित भएको थियो ।     
     
खुला सदस्यतर्फ निर्विरोध हुनेमा अर्जुन चोखाल, विष्णु पन्त, श्रीजय श्रेष्ठ, नवीनकुमार श्रेष्ठ, उमाकान्त शर्मा, गणेश लम्साल, महेन्द्रप्रसाद शर्मा, विष्णुप्रसाद अधिकारी, इन्द्रमणि पौडेल, दीपक हमाल, भुपाल कार्की, राजु गौतम, सञ्जय श्रेष्ठ र ईश्वरजङ्ग राजभण्डारी रहेका छन् ।

मनोनयन दर्तामा अरुको उम्मेदवारी नै नपरेपछि दुई महिला सदस्य यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । कार्यसमितिका पदाधिकारी भने सदस्यमध्येबाटै पछि चुनिने छन् । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x