काठमाडौं (अस) । नेपाल विज्ञापन संघ (आन)को ३२औं वार्षिकोत्सव सम्पन्न भएको छ । आनले शुक्रवार नेपाल रेडक्रश सोसाइटीसँगको सहकार्यमा सो रक्तदान कार्यक्रम समेत गरेको छ । कार्यक्रममा आनका वर्तमान तथा पूर्वपदाधिकारी, सदस्य एजेन्सी र विज्ञापन व्यवसायसँग सम्बन्धित विभिन्न साझेदारको उपस्थिति थियो । रक्तदानबाट ५७ पिन्ट रगत संकलन गरिएको संघले बताएको छ ।