काठमाडौं (अस) । नेपाल उद्योग परिसंघ र राष्ट्रिय ऊर्जा दक्षता केन्द्रले ऊर्जा सम्बन्धी काममा सहकार्य गर्ने भएका छन् । ऊर्जा दक्षता, ऊर्जा लेखापरीक्षण, क्षमता अभिवृद्धि र उद्योगहरूको ऊर्जासम्बन्धी सेवाको विकास तथा कार्यान्वयनका लागि दुई संस्थाले सम्झौता गरेका हुन् । सम्झौता अनुसार दुवै संस्थाले उद्योगहरूको ऊर्जा दक्षता र क्षमता विकासका गतिविधिमा सहयोग गर्नेछन् ।
परिसंघले सन् २०१९ देखि उद्योगहरूमा ऊर्जा दक्षता प्रवर्द्धन गर्दै आएको छ । त्यस्तै केन्द्रले हरितगृह ग्यास उत्सर्जन घटाउने, रोजगारी सृजना गर्ने, बढ्दो ऊर्जाको माग पूरा गर्ने उद्देश्यले काम गर्दै आएको छ । सम्झौतापत्रमा परिसंघका महानिर्देशक दीपकराज जोशी र केन्द्रका प्रबन्ध निर्देशक अमृत अभामणि ढकालले हस्ताक्षर गरेका छन् ।