ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

समृद्धि फाइनान्समा ‘७२ महीनामा पैसा दोब्बर हुने निक्षेप’ योजना

२०७९ असार, ५  
बजार
NA

काठमाडौं (अस) । समृद्धि फाइनान्सले ‘७२ महीनामा पैसा दोब्बर हुने निक्षेप’ योजना सार्वजनिक गरेको छ । यससँगै कम्पनीले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सार्वजनिक गरेको छ । कम्पनीका पाँचओटै शाखाबाट सो सेवा लिन सकिने बताइएको छ । त्यसका लागि न्यूनतम ५० हजार रुपैयाँमा खाता खोल्न सकिने कम्पनीको व्यवसाय प्रवर्द्धन विकासका अधिकृत सुरजकुमार सर्राफले जानकारी दिए ।

फाइनान्सले मुद्दती निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधिकतम १० प्रतिशत बचत खाता समेत सञ्चालन गरेको छ । हाल पाँचओटा शाखाबाट सेवा दिँदै आएको कम्पनीले शाखा सञ्जाल विस्तारको योजना पनि बनाएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x