ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

महालक्ष्मीका ग्राहकलाई कालिज गार्डेन इको रिसोर्ट र रिगल हेटौंडा रिसोर्टमा छूट

२०७९ असार, ५  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकका ग्राहकले कालिज गार्डेन इको रिसोर्टमा छूट पाउने भएका छन् । हेटौंडा–११ स्थित उक्त रिसोर्टमा बैंकका ग्राहकलाई छूट दिनेसम्बन्धी सम्झौता गरिएको छ । सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे) र मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले छूट पाउनेछन् । सो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास लिइएको छ ।

त्यसैगरी, महालक्ष्मी विकास बैंकका ग्राहकले रिगल हेटौंडा रिसोर्टमा छूट पाउने भएका छन् । त्यसका लागि बैंक र रिसोर्ट सञ्चालकबीच सम्झौता भइसकेको छ । दुई संस्थाबीच भएको सम्झौता अनुसारको छूट लिन ग्राहकले बैंकको डेबिट कार्ड, क्यूआर स्क्यान तथा बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x