ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सबैको लघुवित्तले दियो व्यावसायिक तरकारीखेती तालीम

२०७९ असार, ५  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । सबैको लघुवित्त वित्तीय संस्थाले सप्तरीको राजविराजमा व्यावसायिक तरकारीखेती सम्बन्धी तालीम दिएको छ । संस्थाले आफ्ना ३५ जना ग्राहक सदस्यलाई जेठ २४ देखि २६ जेठसम्म तालीम दिएको हो । संस्थाका नायब महाप्रबन्धक पवनकुमार श्रेष्ठले तालीममा करेसाबारीको परिचय, महत्त्व, तरकारीको नर्सरी बनाउने तरीका, हिउँदे तरकारीखेती प्रविधि लगायतको बारेमा जानकारी गराइएको बताए ।

त्यसैगरी फल तरकारीखेती प्रविधि, लहरे खेती प्रविधि, जरे तरकारी खेती प्रविधि र कोसे तरकारीखेती प्रविधिको बारेमा पनि जानकारी गराइएको उनको भनाइ छ । श्रेष्ठसहित सन्तोष सेन चौधरी, दिपकुमार चौधरी र सञ्जय चौधरीले प्रशिक्षण दिएका थिए ।

उनीहरूले तरकारीखेतीमा मलखादको प्रयोग, सिँचाइ तथा व्यवस्थापन, सागसब्जी खेती, बेमौसमी तरकारीखेती, तरकारी बालीमा लाग्ने रोग तथा कीरा, विषादी व्यवस्थापन, बजार व्यवस्थापन लगायतबारे जानकारी दिएको संस्थाले बताएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x