काठमाडौं (अस) । रियलमीले सबैभन्दा छिटो चार्ज हुने दाबी गरिएको स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले सन् २०२२ का दुई स्मार्टफोन सार्वजनिक गरेको हो ।
कम्पनीले विश्वमै सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन ‘रियलमी जिटी नियो ३’ र सबैभन्दा प्रिमियम फ्लागशिप ‘रियलमी जिटी २ प्रो’ सार्वजनिक गरिएको जानकारी दिएको छ ।
रियलमीले गतवर्ष सार्वजनिक गरेको रियलमी जिटी नियो २ को सफलतापछि रियलमी जिटी नियो ३ सार्वजनिक गरिएको बताएको छ । त्यस्तै जिटी २ प्रो केही नयाँ फिचरसहित आएको दाबी गरिएको छ ।
जिटी नियो ३ विश्वको र नेपालको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन रहेको कम्पनीको दाबी छ । १५० वाट अल्ट्रा डार्ट चार्जले ५ मिनेटमा ५० प्रतिशतसम्म चार्ज हुने कम्पनीको भनाइ छ ।