ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

फन फ्याक्टरसहित ‘ओप्पो फाइन्ड एन’ सार्वजनिक

२०७९ असार, ५  
बजार
Image Not Found

काठमाडौं (अस) । स्मार्टफोन निर्माता कम्पनी ओप्पोले फन फ्याक्टरसहितको नयाँ फोल्डेबल स्मार्टफोन ‘ओप्पो फाइन्ड एन’ सार्वजनिक गरेको छ । ओप्पो फाइन्ड एन एन्ड्रोइड १३ बिटा प्राप्त गर्ने पहिलो स्मार्टफोनमध्ये एक रहेको कम्पनीले बताएको छ ।

कम्पनीको कलर ओएस अपरेटिङ सिस्टममा आधारित एण्ड्रोइड १३ बिटाको डेभलपर प्रिभ्यू चीनका फाइन्ड एन प्रयोगकर्ताका लागि डाउनलोड गर्न उपलब्ध रहेको ओप्पोले बताएको छ । फाइन्ड एनसँगै, एण्ड्रोइड १३ बिटा ओप्पो फाइन्ड एक्स प्रो फ्लागशिप स्मार्टफोनका विश्वभरका प्रयोगकर्ताका लागि उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

आफ्ना स्मार्टफोनमा नवप्रवर्तन सफलताका प्रविधि समावेश गर्नु मात्र नभएर कमजोरी पहिचान गर्नु र प्रयोगकर्तालाई सशक्त बनाउन नवीन डिजाइनको अनुभव दिलाउनु पनि कम्पनीको उद्देश्य रहेको बताइएको छ । ओप्पोका प्रमुख उत्पादन अधिकृत पिट लाउले ओप्पो फाइन्ड एनले प्रविधिको उन्नतिमार्फत प्रयोगकर्तालाई सशक्त बनाउने बताए । ‘गुगलसँग मिलेर काम गर्दै यस अत्याधुनिक हार्डवेयरको संयोजन र बढ्दो बजारमा अतुलनीय सफ्टवेयर अनुभव प्रदान गर्न पाउँदा गर्व गर्छौं,’ उनले भने ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x