ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

आदर्श लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२०७९ असार, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ५, काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (आइतवार) अन्तिम दिन रहेको छ । लघुवित्तले असार १ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । 

आईपीओ विक्री खुला असार ६ गतेसम्म हुने भनिएको भए पनि सरकाले सातामा १ दिन मात्र बिदा दिन थालेकोले असार ५ गते बैंकिङ समयपश्चात् नै आवेदन बन्द गरिने कम्पनीले जानकारी दिएको छ ।  

लघुवित्तले निष्कासन गरेको कूल शेयरमध्ये १ हजार ३५ कित्ता कर्मचारीका लागि, ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ भने बाँकी रहेको ६२ हजार ६१५ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

इच्छुक आवेदकले आज बैकिङ समयसम्म सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोला 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x