ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

अमेरिकामा ६ महीनासम्मका साना शिशुलाई समेत कोभिड विरुद्धको खोप लगाउने अनुमति 

२०७९ असार, ५  
अन्तरराष्ट्रिय
Image Not Found

असार ५, वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी नियामकले छ महीनासम्मका शिशुहरुलाई समेत कोरोना भाइरस विरुद्धको खोप आकस्मिक रुपमा  लगाउने अनुमति दिएको छ ।

शुक्रवार सो उमेरसम्मका  बालबालिकाहरुमा घरेलु कम्पनी फाइजर इंक र मोडेर्नाको खोप लगाउन अनुमति दिइएको हो । छ महीनासम्मका शिशुहरुमा कोभिड विरुद्धको खोप  लगाउन अनुमति दिने अमेरिका पहिलो देश भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले एक विज्ञप्तिमा भनेका छन् ।

खोप सो उमेर समूहमा प्रभावकारी र सुरक्षित भएकोमा उनले जोड दिएका छन् । अमेरिकामा अहिलेसम्म फाइजरको खोप ५ वर्ष वा सोभन्दा बढी उमेरका बालबालिकाहरुलाई लगाउने अनुमति दिइएको छ । मोडेर्नाको खोप लगाउन भने कम्तिमा १८ वर्ष हुनुपर्ने छ ।

बालबालिका, किशोरकिशोरीसमेत अन्य उमेर समूहमा झैं शिशुहरुमा पनि यो खोपले गम्भीर लक्षण कम गर्ने र अस्पतालमै भर्ना भएर उपचार गराउनु पर्ने वा मृत्युको अवस्था टार्न मद्दत गर्ने अमेरिकी औषधि विभागका आयुक्त रोबर्ट क्यालिफले एउटा प्रेस विज्ञप्तिमा भनेका छन् ।

फाइजरको खोप छ महीनादेखि चार वर्षसम्मका उमेर समूहमा तीन डोज(मात्रा) लगाइनेछ । मोडेर्नाको खोप पनि छ महीनादेखि १७ वर्षको उमेर समूहका व्यक्तिहरुलाई दुई डोज लगाइनेछ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले  पनि खोपलाई मञ्जुरी दिइसकेको छ ।  

योसँगै अब अमेरिकामा झन्डै २ करोड शिशु, बच्चा र प्राथमिक विद्यालय जाने उमेर समूहका बालबालिकाहरु खोपका लागि योग्य भएका छन् । अभिभावकहरुले छिटोमा आगामी हप्ता आफ्नो शिशु तथा बालबालिकाहरुलाई खोप लगाउने तयारी गर्न सक्ने बताइएको छ । सीडीसीको तथ्यांकअनुसार अहिलेसम्म अमेरिकाको करीब ६७ प्रतिशत जनसंख्याले कोभिड विरुद्धको  पूरा खोप लगाएका छन् । एजेन्सी 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x