ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

रसुवागढी हाइड्रोपावरले आयोजना प्रभावितलाई आईपीओ विक्री गर्ने

२०७९ असार, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ५, काठमाडौं । रसुवागढी हाइड्रोपावर लिमिटेडले असार १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई साधारण शेयर (आईपीओ)  निष्कासन गर्ने भएको छ । कम्पनीले रु. १०० अंकित दरको ६८ लाख ४२ हजार १०० कित्ता आईपीओ आयोजना अति प्रभावित क्षेत्रका वासिन्दालाई निष्कासन गर्न लागेको हो ।

आयोजना अति प्रभावित क्षेत्र रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं. १ थुमन र वडा नं. २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइकुण्ड गाउँपालिकाका बाँकी वडाहरु वडा नं. ३ बृद्धिम, ४ लाङटाङ, ५ स्याफ्रुबेशी र ६ धुन्चेका साथै सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरुमा उक्त आईपीओ निष्कासन गर्न लागेको कम्पनीले जानकारी गराएको छ ।

उक्त आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सकिनेछ । इच्छुक स्थानीय वासिन्दाले असार २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
उक्त मितिसम्म माग अनुसार आवेदन नपरेमा साउन १० गतेसम्म समय थप गरिने कम्पनीले जानकारी दिएको छ । 

यो आईपीओ विक्री प्र्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सन्राइज क्यापिटल रहेका छन् । 

उक्त आईपीओमा विक्री प्रबन्धकसँगै सी– आस्वा सदस्य सेवा प्राप्त गरेका सम्पूर्ण बैँक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयहरुबाट आवेदन दिन सकिनेछ  ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x