असार ५, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा असार २० गते बस्ने भएको छ ।
कम्पनीको असार ३ गते शुक्रवार बसेको सञ्चालक समितिको बैठकले उक्त सभा गर्ने निर्णय गरेको हो ।
सभा अनमोल बैङक्वेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे हुने छ । सभामा कम्पनीको पूँजी वृद्धि गर्ने र जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/ गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान र छनौट गर्ने सम्बन्धी छलफल हुने बताइएको छ ।
कम्पनीको बुक क्लोज असार १० गते हुने छ । असार ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरु मात्र विशेष साधारण सभामा भाग लिन योग्य हुने छन् ।
सूचना हेर्न यहाँ क्लिक गर्नुस्