असार ५, काठमाडौं । साताको पहिलो दिन स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।
यो दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार पनि सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी आइतवार चाँदीको मूल्य पनि घटेको छ । यो दिन चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार २६५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, अन्तरराष्ट्रिय बजारमा पनि यो दिन सुनको मूल्य घटेको छ । यो दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८४० दशमलव २५ डलर पुगेको छ ।
त्यसैगरी, यो दिन अमेरिकी डलरको मूल्यमा भने स्थिर रहेको छ । यो दिन एक अमेरिकी डलरको विक्रिदर १२५ दशमलव २२ रुपैयाँ रहेको छ । अघिल्लो दिन पनि एक अमेरिकी डलरको विक्रीदर १२५ दशमलव २२ रुपैयाँ रहेको थियो ।