असार ५, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।
प्रि - ओपन सेसनमा नेप्से परिसूचक शून्य दशमलव ४५ अंक बढेर १ हजार ९७१ दशमलव ८३ विन्दुमा पुगेको हो । उक्त अवधिमा कारोबारमा आएका सात ओटा कम्पनीको रू. १ लाख २ हजार बराबरको शेयर खरीदविक्री भएको छ । प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री नबिल बैंकको भएको छ । उक्त कम्पनीको रू. ४० हजार बराबरको शेयर खरीदविक्री भएको हो ।
गत साताको अन्तिम कारोबार दिन शुक्रवार नेप्से परिसूचक ७ दशलमव ५६ अंक घटेर १ हजार ९७१ दशमलव ३८ विन्दुमा भएको थियो । उक्त कारोबार दिन कुल रू. ७३ करोड ६३ लाख बराबरको शेयर खरीदविक्री भएको थियो।