असार ५, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आव २०७७/ ७८ सम्मको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६३२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश अर्थ मन्त्रालय र बीमा समितिबाट स्वीकृती पाएपछि र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।
कम्पनीको असार ५ गते बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सूचना हेर्न यहाँ क्लिक गर्नुस् :
यो पनि हेर्नुस् :
नेपाल पुनर्बीमा कम्पनीले परिमार्जन गर्यो प्रस्तावित लाभांश