असार ५, काठमाडौ । विश्व वन्यजन्तु कोष(डब्लूडब्लूएफ) ले सञ्चार अधिकारी पदका लागि उम्मेदवार माग गरेको छ ।
संस्थाले सञ्चार अधिकारी पदका लागि पत्रकारिता, जनसञ्चार वा कम्तिमा तीनदेखि पाँच वर्षको अनुभवको साथमा पत्रकारितामा स्नातक तथा डिग्री गरेको र विकास क्षेत्र एजेन्सीहरूसँग सञ्चार सम्बन्धित कार्य गर्नका लागि पोर्टफोलियोहरू ह्यान्डल गर्न सक्ने हुनुपर्ने बताएको छ ।
इच्छुक आवेदकहरूले संस्थाको वेबसाइटबाट आवेदन फारम डाउनलोड गरि यहि असार १२ गतेभित्र इमेल ठेगानामा आवेदनसहित पेश गर्न पनि संस्थाले भनेको छ ।