असार ५, काठमाडौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ ।
मन्त्रालयले आइतवार सूचना प्रकाशित गर्दै बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन माग गरेको हो । आवेदक दरखास्त पेस गर्ने अन्तिम दिनसम्म ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनु पर्नेछ ।
साथै कुनै पनि विषयमा कम्तिमा स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास, संरक्षण, संबर्द्धन तथा प्रबर्द्धनमा निरन्तर रूपमा रही कम्तीमा १० वर्ष कार्य गरेको वा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास, संरक्षण, संबर्द्धन तथा प्रबर्द्धनमा निरन्तर रूपमा कम्तीमा २० वर्ष कार्य गरेको हुनुपर्नेछ ।
इच्छुक उमेरदवारले उल्लेखित कागजातसहितको आवेदन सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्थान समन्वय शाखा, सिंहदरबारमा बुझाउन सक्नेछन् ।