ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

घट्दो बजारमा कसरी सफल लगानीकर्ता बन्ने ? (शेयर शिक्षा)

२०७९ असार, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ५, काठमाडौं । पछिल्लो समय शेयर बजारबाट सजिलै पैैसा कमाउन सकिन्छ भन्ने भान धेरैलाई हुन थालेको छ ।

तर शेयर बजारबाट पैसा कमाउन त्यति सजिलो भने पक्कै छैन । शेयर बजार भनेको यस्तो क्षेत्र हो जहाँ एक व्यक्तिले कमाएको हुन्छ भने अरु कयौंले गुमाएका हुन्छन् । यस्तो अवस्थामा सफल लगानीकर्ता कसरी बन्ने त ? सबैभन्दा पहिलो स्वयम आफू आफ्नो लगानीको जिम्मेवारी कसरी बहन गर्ने भन्ने एकिन गर्नुपर्दछ  । किनकी शेयर बजारलाई कहिले राजनीतिकदेखि नितीगत कुराले प्रभाव पारिरहेको हुन्छ ।

अझ भनौं यी तत्वहरुले नै शेयरबजारलाई सकारात्मक तथा नकारात्मक प्रभाव पार्ने गर्दछन् । यस्तो अवस्थामा आफुले गरेको लगानी नाफा अथवा घाटा हुने गर्दछ । त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिन सक्नु पर्छ  ।

घाटाको दोष अरु कसैलाई लगायौं भने हामी कहिल्यै सफल लगानीकर्ता सक्दैनौं । शेयर बजारमा सफल लगानीकर्ता बन्नका लागि आफुले निश्चित नियम बनाउने गर्नु पर्दछ । जस्तोकी मैले लगानी गरेको कम्पनीबाट वार्षिक कति प्रतिफल लिने, अल्पकालिन लगानी गर्ने  कि दिर्घकालिन लगानी गर्ने ? यसबारे सर्वप्रथम एकिन हुनुपर्छ ।

त्यसपछि आफुले कस्तो खालको लगानी गर्ने भन्ने एकिन भएपछि यति बजार घटेमा वा बढेमा जोखिम,प्रतिफल र स्टपलस बारे स्पष्ट हुनु जरुरी छ । कसैको हल्ला, लहैलहैमा लागेर शेयरबजारमा लगानी गर्नुहुँदैन, आफुले बनाएको योजनालाई अनुशासित रुपमा कार्यान्वयन गरेमा घट्दा होस या  बढ्दा होस बजारबाट सफल बन्न सकिन्छ । 

त्यसपछि आफूले योजनाबद्ध रुपमा गरेको लगानी कत्तिको सफल भएको छ या छैन भनेर निरन्तर गहन अध्ययन गर्नुपर्दछ । कम्पनीको बारेमा समाचार थाहा पाउनुभन्दा पनि  समाचार आउन सक्ने कुरा पहिले नै सूचना पाउन सक्नु सफल लगानीकर्ता खुबी हो ।

यस्तो अग्रिम सूचनाले घाटा हुनबाट बच्न सकिन्छ । लगानीकर्ता वा कारोबारहरुले कम्पनीको आधारभुत तथा प्राविधिक कुराहरु सबै  जान्नु जरुरी हुन्छ । बजारको मनोविज्ञान पनि बुझ्नु जरुरी हुन्छ ।

नबुझी गरिएको लगानी डुब्न सक्छ । सोही कारण पनि यदि तपाई शेयर बजारमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने  पहिला अध्ययन,अनुसन्धान र योजना बनाएर मात्र लगानी गर्न उचित हुन्छ । अनि मात्र बल्ल बन्न सकिन्छ शेयर बजारबाट सफल लगानीकर्ता । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x