ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

कर्मचारीलाई टिकाइराख्न जुलाईदेखि रिमोट वर्क शुरु गर्दै एनटीटी, बसोबास खर्च पनि बेहोरिदिने

२०७९ असार, ५  
अन्तरराष्ट्रिय
Image Not Found

असार ५, टोकियो (जापान)। जापानी दूरसञ्चार कम्पनी निप्पोन टेलिग्राफ एन्ड टेलिफोन कर्पोरेशन (एनटीटी) ले  रिमोट वर्क शुरु गर्दैछ । 

जुलाईदेखि कम्पनीले केही घरेलु कर्मचारीका लागि रिमोट वर्क शुरु गर्ने भएको हो । अर्थात् कम्पनीले आगामी महीनादेखि कार्यालयमै आएर हाजिरी गर्नुलाई व्यवसायिक यात्राको व्यवहार गर्नेछ ।

सो अवधिदेखि कर्मचारीहरुले जापानभर जुनसुकै स्थानबाट काम गर्न सक्ने यस मामिलाबारे जानकार स्रोतले शनिवार बताएको भन्दै क्योदो न्यूजले समाचार छापेको छ । 

कम्पनीले यातायात खर्चको सीमा पनि तोक्ने छैन । कर्मचारीहरु कामका लागि कार्यालय आउँदा बसोबास खर्च बेहोरिदिनेछ । अन्य कम्पनीले झैं कोरोना भाइरसको संक्रमण फैलिन नदिने उपाय अन्तर्गत एनटीटीले पनि फरक - फरक खालको कार्य शैली शुरु गरेको स्रोतको भनाइ छ । 

कर्मचारीहरुलाई लचिलो खालको काम गर्ने वातावरण दिएर उनीहरुलाई कम्पनीमा टिकाइराख्न एनटीटीको प्रयास अन्तर्गत यो नयाँ योजना ल्याइएको हो । अन्य जापानी कम्पनीहरुले पनि विविधिकृत कार्य शैली शुरु गरेका छन् । 

जापानको अनलाइन बजार मर्कारी इंक र याहू जापान कर्पोरेशनले पनि यस्तै खालको योजना ल्याएका छन् । तप् कम्पनीहरुले पनि आफ्ना कर्मचारीहरुलाई जापानभर जुनसुकै स्थानमा बस्न र काम गर्न अनुमति दिएका छन् । 

तर यसको ठिक विपरित केही ठूला जापानी कम्पनीहरुले भने कर्मचारीहरुलाई कार्यालयमै फिर्ता बोलाइरहेका छन् । जापानमा एनटीटीका करीब १ लाख ८० हजार कर्मचारी छन् । यीमध्ये ३० हजार कर्मचारी नयाँ योजनाका लागि योग्य छन् । 

विश्वभर एनटीटी ग्रुपका करीब ३ लाख २० हजार कर्मचारीलाई रिमोट वर्क गर्न दिनेबारे विचार भइरहेको समूहले बताएको छ । कोरोना भाइरसको संक्रमण मत्थर हुन थालेपछि पछिल्लो समय विश्वभर कम्पनीहरुले धमाधम आफ्ना कर्मचारीलाई कार्यालयमै बोलाउन थालेका छन् ।

केही समय अगाडि अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले कम्पनीका कर्मचारीहरुलाई कार्यालयमै आएर हप्ताको ४० घण्टा काम गर्न, होइन भने राजीनामा दिन भनेका थिए ।

यस्तोमा एनटीटीले भने जापानमा मिल्ने जति सबै कर्मचारीलाई रिमोट वर्कको अनुमति दिएको छ । एजेन्सी

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x