ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

पूँजीबजार सुधार  र विकासका लागि आन्दोलन जारी रहँदा शेयर बजारमा गिरावट कायमै, ३७ अंकले घट्यो नेप्से

२०७९ असार, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ५, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक घटेर बन्द भएको छ ।

यो दिन नेप्से परिसूचक ३७ दशमलव २७ अंक घटेर १ हजार ९३४ दशमलव ११ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २२३ ओटा धितोपत्रको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर २७ हजार ६ पटकमा रू. १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ दशमलव ३६ बराबरको खरीदविक्री भएको छ । हालैका दिनमा पूँजीबजार सुधार र विकासको लागि लगानीकर्ताले आन्दोलन गरिरहेका छन् ।

अहिलेसम्म नियामक निकायले लगानीकर्ताको माग कार्यान्वयन गर्नेतर्फ कुनै आश्वासन दिएको छैन । सोही कारण पनि लगानीकर्ता पेनिक भएको जस्तो देखिएको छ ।

यही अवस्था कायम रहेका कारण आइतवार पनि बजार प्रभावित भएको हो । ३ हजार २०० पुगेको बजार अहिले १ हजार ९०० को वरिपरि आएको छ । यस्तो अवस्थामा लगानीकर्ताको सम्पत्ति अर्बौं घटेको छ । 
लगानीकर्ता एवं पूँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइराला गत असार १ गतेदेखि नेपाल धितोपत्र बोर्ड अगाडि आमरण अनशन बसिरहेका छन् । उनको स्वास्थ्य अवस्था थप  कमजोर बन्दै गएको छ ।आफ्ना मागहरु पुरा गर्न ध्यानाकर्षण गराउँदै पूँजीबजार सम्बद्ध लगानीकर्ताहरुले आइतवार पनि नेपाल राष्ट्र बैंक अगाडि विरोध  प्रदर्शन गरेका छन् । 

यो दिन कारोबारमा आएका ती धितोपत्रमध्ये आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६५६ दशमलव ३० कायम भएको छ ।

त्यसैगरी दोस्रोमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ४ दशमलव शून्य ५ प्रतिशत वृद्धि भएर रू.३८५ पुगेको छ । त्यसैगरी यो दिन शेयरमूल्य घट्नेमा सबैभन्दा बढी रिभर फल्स पावर लिमिटेडको रहेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार ९ दशमलव ५६ प्रतिशत घटेर रू. २४६ दशमलव ९० मा झरेको छ । 

त्यसैगरी यो दिन सर्वाधिक शेयर खरीदविक्री भने नेपाल दुरसञ्चार कम्पनीको भएको छ । कम्पनीको रू.१० करोड २९ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ८६७ दशमलव ५० कायम भएको छ ।  त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नेपाल क्रेडिट एण्ड कमर्श बैंक रहेको छ । उक्त कम्पनीको रू. ५ करोड ६४ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका १३ओटै समूहगत परिसूचक समग्र घटेसँगै नेप्से परिसूचक यो दिन घटेको छ । १३ ओटा समूहगत परिसूचकमध्ये सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक ३ दशमलव ८५ प्रतिशतले घटेको छ । 

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x