असार ५, काठमाडौं । लक्ष्मी म्युचुअल फण्डले नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउने भएको छ ।
फण्डले शुभलक्ष्मी कोष नामक नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउन लागेको हो । फण्ड सञ्चालन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले जेठ ३१ गते स्वीकृती दिएको हो ।
फण्डले प्रतिइकाई रू. १० को ५ करोड इकाई निष्कासन गर्नका लागि धितोपत्र बोर्डबाट स्वीकृती पाएको हो । योजना व्यवस्थापकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।