ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

तिलक कोइराला अनशनको पाँचौं दिन : पार्टी प्रवक्तादेखि दलका नेतासम्म आए, अनशन तोडाउने प्रयास गरेनन् 

२०७९ असार, ५  
समाचार लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ५, काठमाडौं । पूँजीबजार सुधार र विस्तारका लागि भन्दै तिलक कोइराला अनशनमा बसेको आज पाँचौं दिन भएको छ । कोइराला पूँजीबजार सुधारका लागि भन्दै १९ बुँदे मागसहित असार १ गतेदेखि अनशनमा बसेका छन् । 

नेपाल धितोपत्र बोर्डको गेटमा पाल टाँगेर कोइराला ५ दिनदेखि अनशनरत छन् । यो बीचमा नेपाली काँग्रेसका प्रवक्ता प्रकाश शरण महतदेखि नेपाली काँग्रेसकै नेता रामहरि खतिवडा पनि खुमलटारमा उनलाई भेट्न पुगे । यी दुवै नेता कोइरालाको अनशन स्थलमा पुगेर सम्बन्धित निकायले ध्यान दिनु पर्ने भन्दै चर्काे भाषण पनि दिए । तर, यी दुवै नेताको पार्टी नेपाली काँग्रेस सरकारमा छ । सरकारमा आफ्नो पार्टी हुँदाहुँदै पनि विपक्षी पार्टीका नेताले जस्तो माग पुरा गराउन आँफूले पहल गर्ने बताएर लगानीकर्ताको मन भुल्याइरहेका छन् । 

अनशन स्थलमा आइतवार दिउँसो पुगेका काँग्रेसका प्रवक्ता महतले आफूहरू पूँजीबजारमा भएका विसंगतिहरूको सुधारको पक्षमा भएको र अहिलेका १९ बुँदे मागलाई चाँडोभन्दा चाँडो सम्बोधन गर्न पहल गर्ने पनि आश्वसन दिए । उनले प्रधानमन्त्री पनि यो आन्दोलन र कोइरालाको स्वास्थ्यप्रति चिन्तित भएको भन्दै यसको समाधान खोज्न हर प्रयास गर्नतर्फ प्रधानमन्त्री स्वयम लाग्नु भएको बताए । त्यस्तै गत शुक्रवार नेपाली काँग्रेसकै नेता खतिवडाले पनि यस्तै आश्वसन दिएर विदा भएका थिए । अनशन २ दिन लम्बिदा पनि खतिवडाले भनेजस्तो पहल भएको खबर बाहिरिएको छैन् ।  

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x