ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मौद्रिक नीतिमा उद्योग संगठन मोरङको २१ बुँदे सुझाव

२०७९ असार, ६  
प्रदेश ०१
NA

विराटनगर (अस) । आगामी आर्थिक वर्ष २०७९/८० का लागि नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिका लागि उद्योग संगठन मोरङले २१ बँुदे सुझाव दिएको छ । उद्योग संगठन मोरङले मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विभिन्न विषय समेट्दै बुँदागत रूपमा सुझाव दिएको हो ।

संगठनले तरलताको अभाव, ब्याजदर निरन्तर वृद्धि, युक्रेन–रूस युद्ध लगायत कारण अन्तरराष्ट्रिय बजारमा भएको अत्यधिक मूल्यवृद्धि जस्ता समस्या सम्बोधन हुनेगरी मौद्रिक नीति आउनुपर्ने सुझाएको छ । त्यस्तै बढ्दो आयातका कारण भएको वैदेशिक व्यापार असन्तुलन र वैदेशिक मुद्रा सञ्चितिमा परेको दबाबलाई सहज बनाउनेगरी मौद्रिक नीतिमार्फत आवश्यक व्यवस्था गरिनुपर्ने संगठनको भनाइ छ ।

यसैगरी वित्तीय असन्तुलनको अवस्था तत्काल अन्त्य हुने संकेत नदेखिएको भन्दै संगठनले आगामी आर्थिक वर्षको मौद्रिक नीति स्वदेशी उद्योग तथा समग्र उत्पादनशील क्षेत्रलाई चलायमान बनाउनेतर्फ पनि लक्षित हुनुपर्ने सुझाव दिएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x