काठमाडौं (अस) । ज्योति विकास बैंकले ७१ महीनामा रकम दोब्बर हुने ‘ज्योति दुई गुणा डिपोजिट’ मुद्दती योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्राहकले ५ वर्ष ११ महीनामा जम्मा गरिएको रकमको दुई गुणा पाउनेछन् ।
व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको उक्त मुद्दती खातामा न्यूनतम १० हजार रुपैयाँमा खाता खोल्न सकिने बैंकले बताएको छ । बैंकका सबै शाखाबाट खोल्न सकिने उक्त खातामा ग्राहकलाई रकम आवश्यक परेमा साँवाको ९० प्रतिशतसम्म ऋण सुविधा दिइने बताइएको छ । ज्योति विकास बैंकले हाल ११७ शाखा कार्यालय, तीन विस्तारित काउन्टर र ६४ ओटा एटीएममार्फत सेवा दिँदै आएको छ ।