ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एनएमबि बैंकले ल्यायो मुद्दतीमा दोब्बर प्रतिफल योजना

२०७९ असार, ६  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । एनएमबि बैंकले मुद्दती निक्षेपमा दोब्बर प्रतिफल योजना ल्याएको छ । बैंकले ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ योजना सार्वजनिक गरेको हो । ‘एनएमबि डबल मुद्दती योजना’ अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५० हजार वा सोभन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महीनामा रकम दोब्बर हुने बैंकले बताएको छ । त्यस्तै ‘एनएमबि जन्मभूमि डबल मुद्दती योजना’ अन्तर्गत नेपालीले वैदेशिक रोजगारीबाट पठाएको रकम निक्षेप राख्दा ७० महीनामा दोब्बर हुनेछ ।

उक्त योजनाअन्तर्गत बैंकका ग्राहकले आफ्नो मुद्दती रकमको ९० प्रतिशतसम्मको क्रेडिट कार्ड सुविधा समेत पाउनेछन्, जुन नि:शुल्क जारी गरिने बैंकले बताएको छ । त्यस्तै मुद्दती रसिद धितोमा ८० प्रतिशतसम्म कर्जा पाउन सकिने बताइएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x