काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेसनलले धनुषाको रमदैया भवाडीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । दुर्गमका बासिन्दालाई बैंकिङ सेवा पुर्याउने उद्देश्यले धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैया भवाडीमा सो सेवा सञ्चालनमा ल्याइएको हो । उक्त शाखारहित बैंकिङ सेवा ९४औं रहेको बैंकले बताएको छ । बैंकका अनुसार शाखारहित बैंकिङ सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी शम्भु यादवलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाको रकम भुक्तानी लगायत सेवा उपलब्ध गराइने बैंकले बताएको छ । यसले ग्रामीण क्षेत्रमा बैंकप्रति विश्वास एवं बैंकिङ संस्कृतिको विस्तार हुने अपेक्षा बैंकले गरेको छ ।