ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नेपाली हस्तकला क्षेत्रमा टुडी बिलोको योगदानको स्मरण

२०७९ असार, ६  
बजार
NA

काठमाडौं (अस) । नेपाली हस्तकलाका सामग्रीलाई जर्मनीमा परिचित गराउन उल्लेख्य भूमिका निर्वाह गरेकी टुडी बिलोको निधन भएको छ । काठमाडौंमा आयोजित श्रद्धाञ्जली सभामा बिलोको योगदानको स्मरण गरिएको छ । उनको निधनले हस्तकला जगत्को एक अनन्य हितैषी गुमाएको नेपाल हाते कागज संघका अध्यक्ष किरणकुमार डंगोलले बताए । बिलो आफ्नो श्रीमान्सहित सन् १९८० को दशकमा नेपाल आएकी थिइन् । नेपालका विभिन्न जिल्लाको भ्रमणको क्रममा ग्रामीण जीवनको रहनसहनले प्रभावित भएपछि त्यहाँको जीवनस्तरलाई उकास्न उनी हस्तकलाको प्रवद्र्धनमा लागेकी थिइन् । बिलोले करीब ३५ वर्षदेखि नेपाली हस्तकलाका सामान संकलन गरी जर्मनीका बजारमा पुर्‍याउँदै आएकी थिइन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x