काठमाडौं (अस) । बहुराष्ट्रिय होम अप्लायन्स कम्पनी फ्र्यांक फेबरले नेपालमा सातओटा ‘फेबर प्लाटिनम स्टुडियो’ सञ्चालनमा ल्याएको छ । कम्पनीले नेपालमा १५ वर्षयता कारोबार गरिरहेको भए पनि पछिल्लो समय २ वर्षमा उक्त संख्यामा स्टोर खोलेको हो, जसअनुसार चारओटा काठमाडौं उपत्यकामा छन् । यस्तै विराटनगर, बिर्तामोड र पोखरामा एक/एकओटा रहेको कम्पनीले जानकारी दिएको छ । काठमाडौंको पेप्सीकोलामा नयाँ स्टोर खोलेसँगै नेपालमा फेबर ब्राण्डको प्लाटिनम स्टुडियो सातओटा पुगेको कम्पनीले बताएको छ ।