ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नबिल बैंकका कार्ड प्रयोगकर्ताले कतार एयरवेजमा छूट पाउने

२०७९ असार, ६  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । नबिल बैंक र कतार एयरवेजबीच बैंकको कार्ड प्रयोगकर्तालाई सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता गरिएको छ । बैंकका कार्ड प्रयोगकर्तालाई यूरोप, अमेरिका र अफ्रिकाका निश्चित गन्तव्यमा विशेष सहुलियत प्रदान गर्ने उद्देश्यले सम्झौता गरिएको हो । सम्झौता अनुसार बैंकको कार्ड प्रयोगकर्ताले तोकिएका गन्तव्यको टिकट खरीदमा १० प्रतिशतसम्म छूट पाउनेछन् । सो छूट १७ असारदेखि लागू हुने बैंकले जानकारी दिएको छ ।

आइतवार आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश र नेपालका देशीय प्रबन्धक मोहम्मद एल इमामको तर्फबाट विक्री प्रबन्धक सारिक बोगटीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार तोकिएका गन्तव्यमा बिजनेश तथा इकोनोमी क्लासको हवाई टिकट खरीदमा कम्पनीले १० प्रतिशत छूट दिनेछ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x