काठमाडौं (अस) । आर्थिक वर्ष २०२०/२१ मा रू. ७५ करोड ७८ लाख बराबरका घरायसी प्रयोगका लिनेन आयात भएको छ । सो आयात आर्थिक वर्ष २००८/०९ मा रू. १४ करोड ८२ लाखको हाराहारीमा थियो । यस यस अवधिमा घरायसी प्रयोगका लिनेनको आयात करीब ५ गुणाले बढेको देखिन्छ । स्वदेशमा घरायसी प्रयोगका लिनेन उद्योगको विकास हुनु नसक्नु, रेमिट्यान्सजन्य समृद्धिका कारण घरायसी प्रयोगका लिनेनप्रति मानिसको आकर्षण बढ्नु र प्रयोग गर्न पनि सहज हुने हुँदा आयातमा उच्च वृद्धि देखिएको हो । यो अवस्थालाई दृष्टिगत गर्दै नेपालले घरायसी प्रयोगका लिनेन उद्योगमा आत्मनिर्भर हुने नीति अंगीकार गर्नु आवश्यक देखिन्छ ।