असार ६, काठमाडौं । मोरङ्ग इनर्जी लिमिटेडले वार्षिक साधारणसभा असार २७ गते बोलाएको छ । कम्पनीको असार ३ गते बसेको संचालक समितिको बैंठकको निर्णय अनुसार सभा बोलाएको हो ।
सभा कम्पनीको कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा दिउँसो १ बजे हुने कम्पनीले जानकारी गराएको छ ।
उक्त सभामा संचालक समितिको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने तथा आव २०७७/७८ को बासलात, नाफा नोक्सान हिसाब गरी सोही अवधिको नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने र आव २०७८/८९ को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा प्रबन्धपत्र नियमावली संशोधन गर्ने एजेण्डाहरु रहेका छन् ।