असार ६, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष आव) को दोस्रो त्रैमाससम्ममा जीवन र निर्जीवन बीमा व्यावसायबाट रू. २९ करोड १४ लाख खुद नाफा गरेको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार उक्त नाफा आर्जन गरेको हो ।
चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीले निर्जीवन व्यवसायमार्फत रू. ३३ करोड ६१ लाख कमाएकोमा र जीवन व्यवसायमा भने रू. ४ करोड ४७ लाख खुद नोक्सानी छ ।
वित्तीय विवरण अनुसार गत आवको दोस्रो त्रैमासको तुलनामा नाफा ४५ दशमलव ७२ प्रतिशतले कमी हो । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीले जीवन र निर्जीवन बीमा व्यवसाय मार्फत ५३ करोड ६९ लाख रुपैयाँ नाफा गरेको थियो ।
कम्पनीले दोस्रो त्रैमाससम्ममा कुल रू. ५ अर्ब ५८ करोड बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले बीमाशुल्क वापत गत आवको दोस्रो त्रैमाससम्ममा कुल रू.४ अर्ब १२ करोड आर्जन गरेको थियो ।
गत आवको तुलनामा चालू आवमा बीमा कोषको रकम २५ दशमलव १८ प्रतिशत वृद्धि भएको छ । कम्पनीको बीमा कोषमा रू. २ अर्ब ५४ करोड जम्मा भएको छ । गत आवको पुस मसान्तसम्म यो कोषमा रू. २ अर्ब ३ करोड ५३ लाख रहेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ११ अर्ब ६५ करोड पुगेको छ । गत आवको पुस मसान्तसम्म कम्पनीको चुक्तापूँजी १० अर्ब रुपैयाँ थियो । कम्पनीले १६ दशमलव ५ प्रतिशत बोनश शेयर वितरण गरेसँगै चुक्तापूँजी वृद्धि भएको हो ।
चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले निर्जीवन र जीवन व्यवसायको जगेडा कोषमा रू. ४ अर्ब १३ करोड रहेको छ ।
गत आवको तुलनामा कम्पनीको जगेडा कोषको रकम १८ दशमलव ३८ प्रतिशतले बढेको हो ।
सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ दशमलव ००३ (वार्षिकीकरण) ,मूल्य आम्दानी अनुपात २५५ दशमलव २४ गुणा र प्रतिशेयर नेटवर्थ रू. १५७ दशमलव ३३ रहेको छ ।
विवरण हेर्न यहाँ क्लिक गर्नुहोला