असार ६, काठमाडौ । अर्किड बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
सहकारीले अफिस ईन्चार्ज १ जना, बजार अधिकृत २ जना र बजार प्रतिनिधि १० जना गरि जम्मा १३ जना कर्मचारी माग गरेको हो ।
इच्छुक तथा अनुभवी व्यक्तिहरुले सूचना प्रकाशित मितिले १० दिन भित्रमा संस्थाको प्रधान कार्यालय तथा सदस्य सेवा कार्यालयमा सम्पर्क गरी निवेदन पेश गर्न सकिने संस्थाले जनाएको छ ।