असार ६, काठमाडौं । स्थानीय बजारमा सोमवार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् आइतवार सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यो दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार २६५ रुपैयाँ कारोबार भएको थियो । यो दिन चाँदीको मूल्य प्रतितोला १ हजार २६५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, अन्तरराष्ट्रिय बजारमा पनि यो दिन सुनको मूल्य भने बढेको छ । यो दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८४३ दशमलव ३७ डलर पुगेको छ ।
त्यसैगरी, यो दिन अमेरिकी डलरको मूल्य भने स्थिर रहेको छ । सोमवार एक अमेरिकी डलरको विक्रीदर १२५ दशमलव २२ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि एक अमेरिकी डलरको विक्रीदर १२५ दशमलव २२ रुपैयाँ रहेको थियो ।